११ श्रावण २०८३, सोमबार | July 27, 2026

बागलुङ ढोरपाटनको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्री थापा, वर्षापछि बाढीपीडितको घर बनाउने प्रतिवद्धता




बागलुङ । गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटनस्थित बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।

बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री रामबहादुर थापासहितको टोलीले बाढी प्रभावित ढोरपाटन नगरपालिकाको वडा ९ सहितको स्थलगत जानकारी लिएको हो ।

गृहमन्त्री थापा बिहीबार नै घटनास्थल जान खोजेपनि मौसमको खराबीका कारण स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं फर्किएका थिए ।

शुक्रबार मौसम सफा भएपछि घटनास्थल पुगेका गृहमन्त्री थापाले पीडिलाई तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्री वितरण गरेका छन् ।

त्यसक्रममा थापाले बाढीले क्षतिग्रस्त बनाएका घरहरु वर्षासकिएलगत्तै पुनर्निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । देशले ढोरपाटनको विपत्तिबाट अकल्पनीय घटना बेहोर्नु परेको भन्दै गृहमन्त्री थापाले घर र परिवार गुमाएकाहरुको साथमा सरकार रहेको जनाएका छन् ।

बाढी प्रभावित क्षेत्र बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेलले बाढी प्रभावित नागरिकको राहत, खोजी तथा पुर्नस्थापनाका लागि सबै तह र निकायबाट पहल गरिने बताए । सांसद पौडेलले आफ्ना जनतालाई परेको विपत्तिबाट आफु दुखित भएको बताउँदै उनीहरुलाई सक्दो सहयोग गर्ने जनाए ।

मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत बाढीपहिरोस्थल पुगेका हुन् ।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको थियो । भुजीखोलामा आएको भीषण बाढीले बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् ।

बुधबार राती आएको बाढीले ढोरपाटन नगरपालिकाकाको वडा नम्बर ९ सहित ७ र ८ मा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परि १४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  २ : ४६ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना