१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बागलुङ ढोरपाटनको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्री थापा, वर्षापछि बाढीपीडितको घर बनाउने प्रतिवद्धता




बागलुङ । गृहमन्त्री रामबहादुर थापाले बागलुङको ढोरपाटनस्थित बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।

बाढीपहिरो पीडितका लागि राहत लिएर गएको गृहमन्त्री रामबहादुर थापासहितको टोलीले बाढी प्रभावित ढोरपाटन नगरपालिकाको वडा ९ सहितको स्थलगत जानकारी लिएको हो ।

गृहमन्त्री थापा बिहीबार नै घटनास्थल जान खोजेपनि मौसमको खराबीका कारण स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए । अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि पोखराबाट काठमाडौं फर्किएका थिए ।

शुक्रबार मौसम सफा भएपछि घटनास्थल पुगेका गृहमन्त्री थापाले पीडिलाई तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्री वितरण गरेका छन् ।

त्यसक्रममा थापाले बाढीले क्षतिग्रस्त बनाएका घरहरु वर्षासकिएलगत्तै पुनर्निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । देशले ढोरपाटनको विपत्तिबाट अकल्पनीय घटना बेहोर्नु परेको भन्दै गृहमन्त्री थापाले घर र परिवार गुमाएकाहरुको साथमा सरकार रहेको जनाएका छन् ।

बाढी प्रभावित क्षेत्र बागलुङ क्षेत्र नं. २ का सांसद देवेन्द्र पौडेलले बाढी प्रभावित नागरिकको राहत, खोजी तथा पुर्नस्थापनाका लागि सबै तह र निकायबाट पहल गरिने बताए । सांसद पौडेलले आफ्ना जनतालाई परेको विपत्तिबाट आफु दुखित भएको बताउँदै उनीहरुलाई सक्दो सहयोग गर्ने जनाए ।

मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत बाढीपहिरोस्थल पुगेका हुन् ।

बुधबार राति बागलुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा भीषण वर्षापछि विपद्जन्य घटना भएको थियो । भुजीखोलामा आएको भीषण बाढीले बाढी र पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् ।

बुधबार राती आएको बाढीले ढोरपाटन नगरपालिकाकाको वडा नम्बर ९ सहित ७ र ८ मा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परि १४ जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  २ : ४६ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै