१२ बैशाख २०८१, बुधबार | April 24, 2024

शुक्रबार थपिए अहिलेसम्मकै सबैभन्दा धेरै १३ सय ५९ संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा दिनदिनै बढिरहेको छ । दैनिक १ हजारको आसपामा संक्रमितहरु थपिन थालेका छन् ।

शुक्रबार देशभर १३ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ६३८ पीसीआर परीक्षणमा १३ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शुक्रबार ४६४ जना महिला र ८९५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिसक्दा हालसम्म देशभर संक्रमितको संख्या  ४४ हजार २३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४५४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ जना रहेका छन् ।

देशभरबाट १३ सय ५४ जना संक्रमित निकोभएर घर फर्किएका छन् । हालसम्म २५ हजार ५६१ जना घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ४ : २४ बजे

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री