११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा १४ जनाको मृत्यु, कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संखया २७१ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या पनि झन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ जना महिला र १० जना पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

गौतमका अनुसार सबैभन्दा धेरे काठमाडौं उपत्यकामा ३ जना महिलाको मृत्यु भएको छ । २२, ६७ र ८२ वर्षीया महिलाको मृत्यु भएको गौतमले बताए । यसैगरी चितवनका एकजना ३५ वर्षीया महिलाले पनि ज्यान गुमाएकी छिन् ।

यस्तै, कोरोना संक्रमणबाट सप्तरीका ५५, ५५ वर्षीय तीन जना पुरुषले ज्यान गुमएका छन् । यसैगरी धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय सुर्खेतका ४२ वर्षीय र पाल्पाका एक पुरुषको मृत्यु भएको छ ।

मन्त्रालयको अपडेटबाहेक अन्य व्यक्तिहरुको पनि मृत्युको खबर सार्वजनिक भैसकेको छ ।तर मन्त्रालयले शुक्रबारको अपडेटमा त्यसलाई समावेश गरेको छैन ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : ३७ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना