२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नव उद्यमी बनाउन युवा उद्यमी मञ्च रुपन्देहीलाई एनएमबि बैंकको साथ



बुटवल । नयाँ युवा उद्यमी विकास गर्ने गरी नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्नो कार्य अगाडी बढाएको छ ।

खासगरी उद्यमी गर्न चाहने व्याक्तिहरुको आर्थिक अभावकै कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा बैंक मार्फत विउ पुजी रकम प्रदानगर्ने गरी एनएमबि बैंक प्रदेश कार्यलय संग सम्झौता नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले सम्झौता गरेको छ ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर र एनएमबि बैक लिमिटेड ५ नम्बर प्रदेश कार्यालय बिच द्धिपक्षीय समझदारी प्रत्रमा शुक्रबार हस्ताक्षर भएको छ । एनएमबि बैक लिमिटेडका क्लस्टर हेड नबिन बिस्ट र नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर अध्यक्ष उमेश अमात्य बिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर गदै एनएमबि बैकका क्लस्टर हेड बिस्टले नव युवा उद्यमी लागी बिउ पुँजी, फाइनान्स लागी बैंकले पुलको काम गर्दै उद्यमशीलता बिकास गर्न बैक सधै अगाडी बढेको र सोहि अनुरुप सम्झौता अगाडी बढ्ने जानकारी दिए ।

यस्तै नेपाली युवा उद्यमी मञ्च रुपन्देही अध्यक्ष उमेश अमात्यले अन्तरप्रेरणा प्रा.लि, संस्था संग युवा उद्यमीहरुलाई ब्यक्तित्व बिकास ,परिक्षण गरिसकेको र युवा उद्यमिले सुरुवात आर्थीक अभावले युवा अगाडि बढनको नसक्ने अवस्था अव सधैंको लागि अन्त्य हुने जानकारी दिए ।

युवा उद्यमी मञ्च रुपन्देहीका द्धितिय उपाध्यक्ष निरज लाकैल ले युवा उद्यमी विकास गर्ने गरी यो परियोजना सुरुवात भएको जानकारी दिए ।

प्रथम उपाध्यक्ष प्रदिप शाक्य उनले सोही अनुसार सम्झौतामा उल्लेख भए अनुसारको नेपाली नव युवा उद्यमीहरुलाई विउ पुजी स्वरुप ऋण लगानी गरिने जानकारी दिए । सो कार्यक्रममा अनिस कसौधन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ४३ बजे

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा हालसम्म करिब ४८

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो

काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३