२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० को मृत्यु



एजेन्सी । पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् ।

घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।

दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन् ।

अर्को एक घटनामा चकवालमा यस्तै घटनामा तीन महिला र एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवारको शुरुमा पाकिस्तान मौसम विभागले बिहीबार र शुक्रवार पञ्जाब, उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्त र उत्तरी गिलगित–बाल्टिस्तान ९जीबी० क्षेत्रमा केही बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ५१ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र