२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा प्रहार गर्ने सहित ट्राफिक प्रहरी कुट्ने १४ जना प्रहरी नियन्त्रणमा



काठमाडौं । एक हातमा क्यामरा, प्रेसको ज्याकेट र हातमा ढुंगा बोकेर ललितपरमा प्रहरीलाई ढुंगा प्रहार गर्ने युवक सहित ट्राफिक प्रहरीलाई कुटपिटमा संलग्नहरु मध्य केहिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीवार दिउँसो पुल्चोकमा पत्रकारको ज्याकेट लगााएर प्रहरीमाथि ढुंगा हान्ने एक युवक सहित एक्लो ट्राफिक प्रहरीलाई निर्ममताका साथ कुट्ने कार्यमा संलग्न मध्य १४ जनालाई पक्राउ गरेको दाबी गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २२ वर्षीय प्रेस ज्याकेटवाला अनिश महर्जनलाई नियन्त्रणमा लिएको हो। हातमा क्यामरा र प्रेस लेखेको ज्याकेट लगाएर प्रहरी माथि ढुंगा हानेको भिडियो समाजिक संञ्जालमा भाइरल भएसंगै प्रहरीले खोजि गर्न थालेको थियो ।

पक्राउ परेका महर्जन युट्यवर मात्र भएको र कुनै मिडीयासंग संलग्न नरहेको उपत्यका अपराध महाशाखामा बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी दीपक थापाले बताए ।

बिहीवार ती युवकले पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रेस ज्याकेट लगाएर हातमा क्यामेरा बोक्दै प्रहरी माथि ढुङ्गा हानेको दृष्य सञ्चारमाध्यमहरु सहित अन्य युट्यवरहरुले भाइरल बनाएका थिए ।

युवकलाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको एसएसपी थापाले जानकारी दिए। बिहीवार पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट र ढुङ्गा हान्ने मध्यका १४ जनालाई पक्राउ गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १० : १६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा