२ पुस २०८२, बुधबार | December 17, 2025

रातो मच्छिन्द्रनाथको रथ भएको वरपर निषेधित क्षेत्र घोषणा, एकै ठाउँ पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश



ललितपुर । ललितपुर प्रशासनले रातो मच्छिन्द्रनाथको रथ भएको क्षेत्र वरपर बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
मछिन्द्रनाथको रथ तान्ने विवादले अशान्त बनेको ललितपुरमा शुक्रबार लगाइएको कर्फ्यू १० बजे राति सकिए पनि आगामी ६ दिनसम्मका लागि ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने आदेश गरेको हो ।

कर्फ्यू आदेश सकिनुअघि नै ललितपुर जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि ६ दिनसम्मका लागि यस्तो आदेश जारी गरेको छ । ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन पाइने छैन ।

यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र-पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : २६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व