८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपालमा टिकटकले बिथोल्यो इन्टरनेट



काठमाडौं । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।

लकडाउनले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो ।

जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ । तर, लकडाउनका कारण सर्भर तथा आवश्यक अपग्रेडको काम गर्न नसक्दा टिकटले अधिक ब्यान्डविथ खपत गरिरहेको इन्टरनेट सेवा प्रदायक भायनेटका प्रबन्ध निर्देशक विनय बोहरा बताउँछन् । ‘लकडाउनका कारण सर्भर र नेटवर्कमा लगानी बढाएर अन्तर्राष्ट्रिय ब्यान्डविथ घटाउने हाम्रो प्रयास भने सफल हुन सकेको छैन,’ उनले भने ।

सेवा प्रदायकका अनुसार नेपालमा सबैभन्दा बढी इन्टरनेट प्रयोग हुने समय राति ८ देखि १० बजेसम्म टिकटकले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथकै कारण ढिला चल्ने हुन थालेको छ ।

वर्ल्डलिङ्क, सुबिसुजस्ता स्थापित इन्टरनेट सेवा प्रदायकले त टिकटकका कारण बिगे्रको इन्टरनेटको गुणस्तरमा सार्वजनिक सूचना जारी गरेर क्षमा माग्दै तत्काल यो समस्या समाधान गर्ने प्रयासमा लाग्ने जनाएका छन् । टिकटकले एचटीपीपीएस प्रोटोकलका लागि क्यास सर्भर उपलब्ध गराउन अकामाईको नेटवर्क प्रयोग गर्दै आएको छ ।

अचानक टिकटकले गरेको प्रोटोकल परिवर्तनले टिकटकसहित अकामाईसँग पनि सहकार्य गर्नुपर्ने बाध्यता सेवा प्रदायकलाई छ । छोटो भिडियो अपलोड गर्ने माध्यमका रूपमा विश्वभर छोटै समयमा स्थापित टिकटक यतिबेला अमेरिका र भारतको निशानामा छ । अमेरिकाले टिकटकको सुरक्षा कारण बताउँदै अमेरिकी लगानीकर्तालाई सेयर बिक्री नगरे बन्द गर्ने चेतावनी दिइसकेको छ ।

भारतले पनि चिनियाँ एपले महत्त्वपूर्ण डेटा चोरी गर्नसक्ने आरोप लगाउँदै टिकटकसहित अहिलेसम्म करिब २ सय एप्सलाई प्रतिबन्ध लगाइसकेको छ ।

टिकटकका लागि २ महत्त्वपूर्ण बजारले नै सुरक्षा चेतावनी दिएपछि कम्पनीले १ महिनाअघि आफ्नो सुरक्षा प्रोटोकल परिवर्तन गरेको हो । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : ३३ बजे

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले