४ पुस २०८२, शुक्रबार | December 20, 2025

यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान



काठमाडौं । कोभिड-१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ ।

महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले शुक्रबार हिउँदयामका लागि वरुण से हिमालका लागि एउटा टोलीलाई उक्त अनुमति दिएको हो ।

विभागका अनुसार सात हजार १२९ मिटर उचाइको उक्त हिमालका लागि छ जनासहितको उक्त टोलीलाई अनुमति प्रदान गरिएको हो । अनुमतिबापत सरकारले १८ हजार रुपियाँ रोयल्टीसमेत प्राप्त गरेको छ ।

कोभिडकै कारण यस वर्षको मुख्य सिजनमै सगरमाथा आरोहण प्रभावित भयो । आरोहणका लागि विश्व चर्चित नेपालले ढिलै भए पनि यस वर्ष आरोहण अनुमति खुलाएको हो ।

मन्त्रिपरिषद्को यसै हप्ता बसेको बैठकले बहराइनका राजकुमारसहितको टोलीलाई पनि आरोहण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त टोलीले अहिलेसम्म विभागबाट अनुमति भने पाइसकेको छैन । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ७ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको