१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील



ललितपुर । नेपाल भाषा मंका खललगायत जातीय खलः पुचःले रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेका छन् ।

१९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य निकालेर कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन र नखःत्या नजान अपील गरेका हुन् । कोरोनाको जोखिमका कारण रथयात्रालाई औपचारिकता मात्र दिन लागिएको छ । आज रथलाई थोरै मात्रै तान्ने तयारी छ ।

अघिल्ला वर्षहरुमा रथलाई तानेर गावाहलमा पुर्‍याउने गरिन्थ्यो । तर अब थोरै तानेर औपचारिकता मात्रै पूरा गरिनेछ । रथ तान्ने दिन पाटनबासीले आफन्तहरुलाई घरमा बोलाउने र भोज गर्ने गर्छन्, जसलाई नखःत्या भन्ने गरिन्छ।

जातीय खलः पुचःहरुले यो पटक आफन्त नबोलाउन र नजान सबैलाई अपील गरेका हुन् । रथारोहण गरेको लामो समयसम्म रथयात्रा हुन नसकेपछि बिहीबार केही स्थानीयले रथ तान्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले रोक्दा झडप भएको थियो ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ६ : ३८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान