१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन



काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

सुरुङमार्गको उद्घाटन भएपनि तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्रै सञ्चालन गर्न अनुमति दिइनेछ।

करिब तीन महिनाको परीक्षण अवधि (ट्रायल अपरेसन) सञ्चालन गरिनेछ। यस अवधिमा सुरक्षासम्बन्धी प्रणाली, भेन्टिलेसन, ट्राफिक व्यवस्थापन तथा आपत्कालीन सेवाको सफल मूल्याङ्कन पछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्ग हो। काठमाडौं उपत्यकालाई देशका प्रमुख शहरसँग जोड्ने नागढुङ्गा खण्डमा रहेको दशकौँदेखिको ट्राफिक जाम, जोखिमपूर्ण घुम्ती तथा वर्षायाममा हुने अवरोधलाई कम गर्ने उद्देश्यले यो आयोजना निर्माण गरिएको हो।

जाइका सहयोगमा निर्माण भएको यस आयोजनाको मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ। यससँगै आपत्कालीन उद्धारका लागि छुट्टै इभ्याकुएसन टनेल, पहुँचमार्ग, फ्लाइओभर, अत्याधुनिक भेन्टिलेसन, अग्नि सुरक्षा, निगरानी प्रणाली तथा विद्युतीय टोल संकलन प्रणाली पनि निर्माण गरिएको छ।

यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्पन्न भएको थियो। निर्माण कार्य सन् २०१९ मा सुरु भएको थियो र करिब ७९ महिनापछि आयोजना सम्पन्न भएको हो।

सरकारका अनुसार सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे खण्डको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने, इन्धन बचत हुने तथा काठमाडौं भित्रिने र बाहिरिने सवारी आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ११ : २३ बजे

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई

एनपीएल-३ को पहिलो अर्धशतक चितवनका मलानको नाममा

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा चितवन

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न