१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना पुष्टि



पोखरा । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब परीक्षण गरिएकोमा आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत दर्जनौं प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीहरु जोखिममा छन् । स्याङ्जाको जिल्ला प्रहरी कार्यालय नै सिल गर्नुपर्ने अवस्था आएपछि पोखराबाट त्यहाँ प्रहरी खटाइएको थियो ।

त्यहाँको प्रहरी प्रमुख नै कोरोना संक्रमित भएका थिए । अहिले उनलाई निको भइसकेको छ भने संक्रमित दर्जनौ प्रहरीले पनि कोरोना जितिसकेका छन् ।

पोखराबाट गएका प्रहरी फर्किएपछि स्वाब टेष्ट गराउँदा सशस्त्र गणमा कार्यरत प्रहरीहरुलाई कोरोना देखिएको थियो । सो गणमै पार्टीमा सहभागिता जनाएका गण्डकी प्रदेश सांसद मोहन रेग्मीलाई पनि कोरोना देखिएर अहिले होम आइसोलेसनमा आरामरत छन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १ : ४० बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको