२ पुस २०८२, बुधबार | December 18, 2025

अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगायो



एजेन्सी । अमेजनले अमेरिकामा विदेशी बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरिको समाचार सार्वजनिक भएपछि अमेरिकी कम्पनी अमेजनले अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका बन्द पोकाहरूभित्र माग नभएका शङ्कास्पद विउका दाना भेटिएका विवरणपछि अमेजनको यो निर्णय आएको बताइएको छ ।

“हामीले केवल अमेरिकी कम्पनीहरूबाट उत्पादित बीउको बिक्रीलाई अनुमति दिइरहेका छौं,” विशाल अनलाइन विक्री सेवा प्रदायक कम्पनीले शनिबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

गत जुलाईको अन्त्यतिर अमेरिकी कृषि विभागले विदेशबाट माग नगरिएका विउका पोकाहरू अमेरिकी कृषकहरूसम्म पुगेको जानकारी प्राप्त भएको र यस्ता वियले अमेरिकी कृषि षेत्रलाई खतरा उत्पन्न गर्ने भन्दै त्यस्ता विउ नलगाउन कृषकलाई निर्देशन गरेको थियो ।

शङ्कास्पद पोका ९पाकेट० हरू खोलेर हेर्दा पुदीना, रायो, गुलाबलगायत विभिन्न १४ प्रजातीका साग तथा फूलको विउ भेटिएको विभागले दावी गरेको छ ।

कृषि विभागले १२ अगस्टमा जारी एक विज्ञप्तिमा भनिएको छ, “यस समयमा हामीसँग यो ‘विउलाई विस्थापन गर्ने हौवा’ बाहेक अरु केहि हो भन्ने कुनै प्रमाण छैन । कहिलेकाहीँ विक्रेताहरूबाट केही यस्ता अनावश्यक चीजहरू प्राप्त हुन्छन् जसले बिक्रीलाई बढावा दिन गलत ग्राहक समीक्षा पठाइदिन्छन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  २ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल