३ असार २०८३, बुधबार | June 18, 2026

क्रिकेटर पारसका खड्का फिनिक्स कलेजको एमबीए कार्यक्रमको ब्रान्ड एम्बासडरमा नियुक्त



काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा खेलाडी पारस खड्कालाई आगामी दुई वर्षका लागि एमबीए कार्यक्रममा ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।

खड्कालाई  कलेजका डाइरेक्टर लक्ष्मण पोख्रेलले कलेजको एमबीए कार्यक्रममा ब्रान्ड एम्बासेडर भएको घोषणा गर्दै २ बर्षको लागि अनुबन्धन गरिएको जानकारी दिए ।

यस्तै फिनिक्स कलेजका प्राचार्य डा.विनोद बहादुर खत्रीले पारस खड्का नेपाली राष्ट्रिय टिमको विख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थी पनि रहेको बताए ।

पारस खडकाले कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगाबले फिनिक्स कलेज राष्ट्रिय नायकहरु तथा मेधावी विद्यार्थीको पहिलो रोजाइँमा रहेको प्राचार्य खत्रीले जानाकारी दिए ।

खड्काले कलेजद्धारा संचालित एमबीए कार्यक्रममा यसै सेप्टेम्वर सत्र देखी अध्ययन पनि गरिरहेका छन् ।

यस्तै खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक रहेको ब्रान्ड एम्बासेडर खड्काको भनाई थियो । खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी सक्षम बुझ्नको लागि एमबीए अध्ययन गर्न लागेको खड्काले बताए ।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए. तथा बिबिए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ५ : ५५ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका