२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

भरतपुर क्यान्सर अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन



चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक्षणका लागि राखिएको छ । ती नमूनाको नतिजा आजै आउने उहाँले जानकारी दिए ।

अस्पतालले पीसस्आर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा चार सयसम्म नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ ।

सो अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । पीसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ ।

प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज हुने गौतमको भनाइ छ । सङ्क्रमणका कारण आइतबारसम्म अस्पतालका ४६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।

समयमा पीसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो ।

सो बाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।

सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्ने जनाएको छ ।

जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३८ पुगेको छ । सङ्क्रमणकै कारण चितवनका अस्पतालमा २२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १२ जना चितवनका हुन ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  २ : ५७ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने