११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भरतपुर क्यान्सर अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन



चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी आजबाट कोरोना परीक्षण थालिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सञ्चालनको अनुमति दिएसँगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

आइतबार स्वाब सङ्कलन गरिएका ११७ वटा नमूना परीक्षणका लागि राखिएको छ । ती नमूनाको नतिजा आजै आउने उहाँले जानकारी दिए ।

अस्पतालले पीसस्आर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा चार सयसम्म नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ ।

सो अस्पतालमा देशभर र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । पीसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ ।

प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज हुने गौतमको भनाइ छ । सङ्क्रमणका कारण आइतबारसम्म अस्पतालका ४६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् ।

समयमा पीसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो ।

सो बाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पताल र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।

सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसरमा भदौ २४ गते प्रयोगशालाको विधिवत उद्घाटन गर्ने जनाएको छ ।

जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३८ पुगेको छ । सङ्क्रमणकै कारण चितवनका अस्पतालमा २२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये १२ जना चितवनका हुन ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  २ : ५७ बजे

पश्चिम नवलपरासीमा रास्वपा त्याग्ने क्रम बढ्दो, सुस्ता गाउँपालिकाका सचिव पन्थले पनि छाडे

रुपन्देही । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने

वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार

विकासको योजनासहित काँग्रेस उम्मेद्वार चुन्न घरदैलोमा

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा

पाल्पा कृषिको प्रचुर सम्भावना भएको जिल्ला : उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार

सर्लाहीमा गगन थापालाई समर्थन गरेको जेनजी २.० ले रुपन्देहीमा विष्णु पौडेललाई समर्थन गर्ने

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा विर्नाचनमा जेनजी