३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोरोना संक्रमणबाट ३०० जनाको ज्यान गयो, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार ७ जिल्लाका ११ जनाको मृत्यु भएको हो । जसमध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

काठमाडौंमा सबैभन्दा बढी ३ जना महिलाको मृत्यु भएको छ । उनीहरु ३७, ९० र ८३ वर्ष उमेका रहेका थिए ।

यसैगरी कास्कीका ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

यस्तै, मोरङमा सबैभन्दा बढी ३ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा जनाइएको छ । उनीहरु ७६, ८७, ६२ वर्षका रहेका छन् ।

यस्तै, सर्लाहीका ३५ वर्षीय, दोलखाका ५९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ३०० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरको संक्रमणबाट हुने मृत्युदर ० दशमलव ६४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ५२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र