२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना विश्व अपडेटः कोरोनाभाइरसबाट विश्वमा आठ लाख ९६ हजार भन्दा बढीको मृत्यु



एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जानकारी दिएको छ ।

डब्लुएचओका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख ३ हजार ७७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको सो डब्लुएचओ जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ८५ हजार ५७५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार ६२९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४२ लाख ८० हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख २३ हजार ९५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ३० हजार ६९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ४३ हजार २७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८७१ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ९१ हजार ५७५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ७१ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार २७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६१५ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ५५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७१५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७८१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५ लाख २५ हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ५१६ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ५७ हजार ३८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १२९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १ : ५६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले