२ पुस २०८२, बुधबार | December 17, 2025

स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट



बैतडी । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो ।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको बताइएको छ । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए । “विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो ।” उनले भने

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट रहेको बताइएको छ । स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए । उनले भने “यसरी मलाई काम गर्न निकै असहज भएको छ । अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु । यसपछि के हुन्छ । त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु ।”

स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको समेत माग गरिएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख साउँदले बताए । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जानकारी दिए ।

स्थानीय तहमा स्वाब सङ्कलन कार्य भइरहेको छ । अहिलेसम्म ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन् । जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  २ : २५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको