१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिदैनौ : मन्त्री पोखरेल



काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।

नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपाल अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए ।

“अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर सङ्क्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन ।

हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भने, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।”

मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे । मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताए ।

“कोरोनाकालमा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव छैन भन्ने पाठ सिकाएको छ । विश्वस्वास्थ्य सङ्गठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्छ भनिरहेको छ । स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न । शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ ।”

मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने बताए । “सङ्कटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको छ ।

पहिले रोगविरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको र अहिले शिक्षामा केन्द्रित भएको छ”, मन्त्री पाखेरेलले भने “भूकम्पको समयमा वैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई अघि बढाउन सकेको भए अहिले सहज हुने रहेछ । अब वैकल्पिक प्रणाली बनाउँदै विद्यार्थीको सिकाइलाई प्राथमिकता दिइनेछ ।”

मन्त्री पोखरेलले पोष्टबहादुर बोगटी शिक्षालय नुवाकोटमा सञ्चालन गर्न लागिएको जानकारी दिँदै जागृत नुवाकोट र सचेत नुवाकोट बनाउनको लागि आफू लागि परिरहेको समेत बताए ।

कार्यक्रममा नुवाकोट क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, जिल्ला समन्वय समितका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतले जोखिम कम भएको र थोरै विद्यार्थी भएका विद्यालयमा सुरक्षाको मापदण्ड पूरा गरेर भौतिकरुपमा उपस्थित गराएर र अन्य विद्यालयमा वैकल्पिक विधीबाट शिक्षण क्रियाकलाप अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ३ : २१ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित