२६ बैशाख २०८१, बुधबार | May 8, 2024

झुटो विवरणका आधारमा नागरिकता लिने उद्योगी पक्राउ



बाग्मती । झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएका आरोपमा उद्योगी विप्लवकान्ति बोसलाई आज हेटौँडामा पक्राउ गरिएको छ ।

हेटौँडामा उद्योग सञ्चालन गरेर बस्दै आएका बोसलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं ५ को गर्दोईबाट पक्राउ गरेको बताइएको छ ।

जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जिल्लाका नायब प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले अभियुक्त बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा आज पठाइने जानकारी दिए ।

बोस हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपरलेमिकोटस प्रालि र गर्दोईस्थित नारायणी मिलका सञ्चालक छन् । रासस

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : १७ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम