१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विद्यालयको पाठ्यभार घटाउने तयारी



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पुर्याउने योजना छ ।

यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पुर्याइनेछ ।

कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने बताए । माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ ।

छोट्याइएको पाठ्यक्रमले निर्देशित गरेभन्दा विद्यार्थीले धेरै सिकाइ उपलब्धि हासिल गर्न सक्ने तर न्यूूनतम उपलब्ध भने सुनिश्चित गरिनुपर्ने छ । यति भए मात्रै विद्यार्थीलाई माथिल्लो कक्षामा लैजान समस्या नहुने महानिर्देशक दाहाल बताउछन ।

केन्द्रले विद्यालय तहसम्मको अनिवार्य तथा धेरै विद्यार्थी अध्ययन गर्ने विषयको पाठ्यक्रम संश्लेषण गर्ने छ । केन्द्रमा विद्यालय तहका तीन दर्जनभन्दा बढी विषयगत समिति छन् तर पनि हाल अनिवार्य विषय र धेरै विद्यार्थी अध्ययन गर्ने ऐच्छिक विषयलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ७ : १४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्