१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

विद्यालयको पाठ्यभार घटाउने तयारी



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पुर्याउने योजना छ ।

यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पुर्याइनेछ ।

कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने बताए । माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ ।

छोट्याइएको पाठ्यक्रमले निर्देशित गरेभन्दा विद्यार्थीले धेरै सिकाइ उपलब्धि हासिल गर्न सक्ने तर न्यूूनतम उपलब्ध भने सुनिश्चित गरिनुपर्ने छ । यति भए मात्रै विद्यार्थीलाई माथिल्लो कक्षामा लैजान समस्या नहुने महानिर्देशक दाहाल बताउछन ।

केन्द्रले विद्यालय तहसम्मको अनिवार्य तथा धेरै विद्यार्थी अध्ययन गर्ने विषयको पाठ्यक्रम संश्लेषण गर्ने छ । केन्द्रमा विद्यालय तहका तीन दर्जनभन्दा बढी विषयगत समिति छन् तर पनि हाल अनिवार्य विषय र धेरै विद्यार्थी अध्ययन गर्ने ऐच्छिक विषयलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ७ : १४ बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौं । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले