१४ फाल्गुन २०८२, बिहिबार | February 27, 2026

कोरोना विरुद्धको खोप निर्माणमा धक्का, एक व्यक्ति बिरामी परेपछि अक्सफोर्डको परीक्षण स्थगित



कोरोना भाइरसविरुद्ध खोप निर्माण गरिरहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय खोपको क्लिनिकल ट्रायलमा रोक लगाएको छ ।

अक्सफोर्डको यस कदमबाट कोरोना विरुद्धको खोप छिट्टै बजारमा आउन सक्ने विश्वासमा रहेको विश्वलाई नै गम्भीर धक्का पुगेको छ ।

खोप उत्पादक कम्पनी एस्ट्राजेनको सहकार्यमा क्लिनिकलट ट्रायलमा सहभागी एक जना स्वयंसेवक बिरामी परेपछि तत्कालका लागि अक्सफोर्ड विश्वविद्यालयले खोप परीक्षणमा रोक लगाउन बाध्य भएको हो ।

एस्ट्राजेनकाले यसलाई नियमित रोक भनेको छ किनकी परीक्षणमा सामेल व्यक्ति बिरामी पर्नुको कारणबारे अहिलेसम्म कुनै पत्ता लागेको छैन । यस घटनाले अचम्मित बनाएको कम्पनीले जनाएको छ ।

अक्सोफोर्ड विश्वविद्यालयमा भैरहेको खोप परीक्षणलाई पुरै विश्वले आशाका साथ हेरिरहेको छ ।

विश्वका करिब एक दर्जन स्थानमा कोरोना खोपको परीक्षण भैरहेको छ । जसमा अक्सफोर्डको परीक्षण सबैभन्दा रहेको बताइएको छ ।

कोरोना विरुद्ध चीनका तीन वटा कम्पनी, अमेरिकाका दुई वटा लगायत रुस र भारतले समेत कोरोना विरुद्धको खोप बनाइरहेका छन् ।

रुसले स्पुतनिक ५ नामक खोपको उत्पादन लाइसेन्स नै जारी गरिसकेको छ । चीनको सिनोभ्याक कम्पनीले बनाउँदै गरेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल भैरहेको छ । रुसले यस

चीनले गत जुलाई देखि नै सेना र कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसकेको जनाएको छ । यसवर्षको अन्तसम्मसम्म खोपको व्यवसायिक उत्पादन गर्न सफल हुने चीनले दाबी गरेको छ ।

यद्यपी, विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रवक्ताले भने केहिदिन अघि सन् २०२१ को मध्यसम्म कोरोना विरुद्धको खोप आउन नसक्ने बताएका थिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ८ : २३ बजे

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३

बाँकेमा मदिरा पिउन र किन्न/बेच्न निषेध

नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

उज्यालो नेपालका उम्मेदवारले बढाए घरदैलोको रफ्तार (फोटोफिचर)

बुटवल । प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर