३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलको अक्सफोर्ड माविले तीन दिवसीय कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदै



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरेर मनाउँदै छ । विद्यालयले बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिवसीय कार्यक्रम गरेर वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांगितिक कार्यक्रम गरेर अभिभावक दिवस मनाउने भएको हो ।

अभिभावक दिवसको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले शैक्षिक क्षेत्रको विकासकालागि निजी क्षेत्रले दिएको योगदानलाई विर्सन नसकिने बताए । उनले बुटवल शैक्षिक हवका रुपमा विकास भएको उल्लेख गर्दै शैक्षिक गुणस्तरीयता कायम गर्न निजी शैक्षिक संस्थाहरुले दिएको नतीजा प्रशंसनीय रहेको बताए । उनले सामुदायिक र संस्थागत विद्यालयहरुले शैक्षिक विकास र सुधारकालागि ठुलो लगानी गरेको बताउँदै अब शिक्षालाई सीप र क्षमता विकासको माध्यमका रुपमा जोड्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अक्सफोर्डका प्राचार्य दिनेश भुसालले अक्सफोर्डलाई डिजिटल एकेडेमिका रुपमा विकास गर्ने बताए । उनले अक्सफोर्ड देशमै धेरै विद्यालय हुने विद्यालयमध्ये तेस्रो स्थानमा परेको उल्लेख गर्दै विद्यालयको थप गुणस्तर वृद्धि, भौतिक प्रगति र विद्यार्थी, अभिभावको चाहना अनुसार अक्सफोर्ड विश्वविद्यालयका रुपमा विकास गर्ने गरि योजनाहरु बनाएको बताए । विद्यालयले संस्कार सहितको शिक्षालाई बढी जोड दिएको बताँउदै उनले विद्यार्थीलाई मोवाईल, टिभिमा भन्दा अध्ययन र खोज अनुसन्धानमा लाग्न प्रोत्साहन गर्न अभिभावकहरुलाई अनुरोध गरे ।

विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, कालिका माविका प्राचार्य दिनेश थापा, नवरत्न माविका प्राचार्य भविश्वर बंजाडे, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल, सहप्राचार्य मोहन क्षेत्रीलगायतले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

शिक्षक कपिल ढकाल, विद्यार्थीद्वय टेरिसा भण्डारी र श्रेया पाण्डेको संचालनमा भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने विद्यालयले उत्कृष्टता हासिल गर्ने विद्यार्थी र शिक्षकलाई पुरस्कार वितरण गरेको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ८ : १३ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा