३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अक्सफोर्ड कलेजमा नव आगन्तुक २६७ विद्यार्थीलाई स्वागत, उत्कृष्ट ४६ जनालाई छात्रवृत्ति



बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले स्नातक तह अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीलाई स्वागत र उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत कार्यक्रम गरेको छ । शनिबार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको कार्यक्रममा नव आगन्तुक दुई सय ६७ विद्यार्थीलाई स्वागत तथा विविएस, विएचएम र बिआईएमका ४६ जना विद्यार्थीलाई छात्रवृतिसहित सम्मान तथा पुरस्कृत गरेको हो ।

कलेजले विविएस र विएडका ४ जना बिएचएम र बिआइएमका ४२ जना गरि ४६ जना विद्यार्थीहरुलाई जनही चार हजार पाँच सयदेखि एक लाख ६० हजारसम्मको छात्रवृति प्रदानसँगै सम्मान तथा पुरस्कृत गरिएको कलेज प्रमुख मनोज मरासिनीले जानकारी दिए । उनले कलेजबाट उत्कृष्ट नतिजा ल्याएका तथा नेपाल प्रथम र लुम्विनी प्रदेश प्रथम भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको बताए । उनले विद्यार्थीलाई अध्ययनमा थप हौसला र प्रोत्साहन दिनका लागि छात्रवृति सहित सम्मान गरिएको बताए । नेपालको लुम्विनी प्रदेशमा त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन पाउने एक्लो संस्था भएको र नेपालमै उत्कृष्टता हासिल गर्ने संस्थाका रुपमा अक्सफोर्डले आफ्नो नाम स्थापित गर्न सफल बनेको क्याम्पस प्रमुख मरासिनीको दावी छ ।

यस्तै कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष तथा अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले शैक्षिक गुणस्तरीयतालाई थप मजवुद गराउन तथा ब्यवहारिक शिक्षामा विद्यार्थीलाई अब्बल बनाउनका लागि संस्थागत विद्यालयहरुले ठुलो योगदान दिदै आएको बताए । उनले काम लाग्ने र संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै अक्सफोर्डले सो कुरालाई अवलम्वन गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रममा अक्सफोर्ड कलेज संचालक समितिका अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, संचालक लिलावल्लभ पाण्डे, रामलाल जोशी, अक्सफोर्ड माविका सहप्राचार्य मोहन क्षेत्री, पुर्व विद्यार्थी गोकर्ण खरेल, उषा राना, विद्यार्थी अनिता खवास, आस्था क्षेत्री, अनुष्का केसी, दिक्षा भट्टराई, लक्ष्मी थापा लगायतले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्नुकासाथै सम्मानीत र पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

झण्डै एक हजार चार सय विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको विद्यार्थी स्वागत तथा सम्मान कार्यक्रममा विद्यार्थीहरुले आफ्नाआफ्ना प्रस्तुतीहरु देखाएको कार्यक्रम संयोजक तथा प्राध्यापक विष्णुप्रसाद खनालले जानकारी दिए । कलेजमा विविएस, विएचएम, बिएड र बिआईएमका कार्यक्रमहरु संचालन रहेको उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ५७ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा