१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध



चितवन । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ ।
एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो ।

गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो ।

बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।

इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे ।

सो सडक अवरुद्ध भएपछि त्यस भेगका करिब तीन हजारभन्दा बढी नागरिकलाई आउजाउ गर्न असुविधा भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताए । उनका अनुसार उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला गाडी चल्ने गर्छन् ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १ : २४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू