२९ मंसिर २०८२, सोमबार | December 15, 2025

लियो क्लव अफ तिलोत्तमाद्धारा खाद्यान्न तथा खाना वितरण सम्पन्न



बुटवल । लियो क्लव अफ तिलोत्तमाले कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाइ खाद्यान्न तथा खाना वितरण गरेको छ ।

क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गको जन्मदिनको अबसर पारेर भदौ १६ गते ५० जनालाई खाद्यान्न वितरण गरेको र १७ गते देखी २४ गते सम्म  खाना वितरण गरेको थियो । क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए ।

कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने उद्देश्यले सञ्चालन गरीएको कार्यक्रमको पहिलो दिन २ सय ५० जनालाई खान प्रदान गरिएको थियो भने अन्य दिनमा  १ सय जना लाई खाना प्रदान गरिएको गुरुङ्गले बताए ।

खासगरी यस अभियानमा नमस्ते क्याफे भाटभटेनी रोडका विक्रम गुरुङ्गले विशेष सहयोग गरेका थिए । खानाकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्धेश्यका साथ संचालन गरीएको कार्यक्रमको समापनमा लियो क्लब ३२५ बि २ का एरिया चिफ गोविन्द बंजाडे, सेलिब्रेशन डे को डिस्ट्रक कोर्डिनेटर पुरुषोत्तम भक्त प्रधानाङ्ग, लियो क्लव अफ तिलोत्तमाका पूर्व अध्यक्षहरु निर्मित कसजु, सुमित श्रेष्ठ, राजन कसजु द्धितिय उपाध्यक्ष अनिल पंगेनीको उपस्थिति रहेको क्लबका सचिव सृष्टि ढकालले जानकारी दिइन ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ९ : ३३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष