२२ चैत्र २०८२, आइतबार | April 5, 2026

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेञ्चुरी बैंकका शाखा सञ्चालन



काठमाडौं । लामो समयको लकडाउन र निषेधाज्ञाको बीचमा अधिकांशक बैंक तथा वित्तीय संस्थाहरुको दैनिक काम प्रभावित बन्दै आएको छ । तर पनि यी संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आफ्ना शाखा र काउन्टरहरु संचालन गरिरहेका छन् ।

काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरुले बिहीबारदेखि निषेधाज्ञालाई केही खुकुलो बनाइसकेका छन् । त्यसो त, नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व शाखा र काउन्टरहरु खुला राख्न यसअघि नै निर्देशन दिइसकेको छ । यसकारण पनि स्वास्थ्य मापदण्ड पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कार्यालयहरुलाई थप व्यवस्थित बनाइरहेका छन् ।

आफ्ना कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गर्दै सेन्चुरी बैंकले पनि काठमाडौं उपत्यका भित्रका सबै शाखा कार्यालयहरु, केन्द्रीय कार्यालय र एटीएम काउन्टर संचालन गरिरहेको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण परिपालना गरी केन्द्रीय बैंकको निर्देशन अनुरुप बैङ्किङ कारोबारलाई सुरक्षित बनाइएको सेन्चुरी बैंकले जनाएको छ ।

बैंकका सबै शाखामा ह्याण्ड सेनिटाइजरलाई अनिवार्य प्रयोगमा ल्याइएको छ । बैंकले सेवाग्राहीलाई मास्क विना कार्यालय प्रवेशमा रोक लगाएको छ । बैंकभित्र प्रवेश गरिसकेपछि निश्चित भौतिक दूरी कायम गर्दै ग्राहकहरुलाई बस्ने व्यवस्था मिलाइएको छ ।

एटीएम काउन्टरहरुमा सेनिटाइरज राखिएको छ । काउन्टर अगाडि रहेका बैंकका सुरक्षाकर्मीले सेवाग्राहीलाई अनिवार्य सेनिटाइजर प्रयोग गरेर मात्र सेवा लिन सुझाव दिने गरेका छन् । बैंकका सुरक्षार्कीहरु स्वयंले फेससिल्ड र ग्लोब्स लगाउने गरेका छन् ।

ढुक्क भएर बैङ्किङ सेवा लिन सेन्चुरी बैंकले सबै सेवाग्राहीहरुलाई आग्रह गरेको छ । यस्तै, आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षामा समेत सावधानी अपनाउन बैंकले सुझाव दिएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण परिपालना गरी केन्द्रीय बैंकको निर्देशन अनुरुप बैङ्किङ कारोबारलाई सुरक्षित बनाइएको सेन्चुरी बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ११ : २३ बजे

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि

सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले

भलिबलको एउटै टिममा एकै परिवारका चार जना सदस्य

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै