७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जमा ‘भेरी कोरोना विशेष अस्पताल’ उद्घाटन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा भेरी कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ ।

एसी, सिसि क्यामरा र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको आज बिहीबार उद्घाटन भएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीहरुका लागि निर्माण गरिएको भेरी कोरोना विशेष अस्पताल एक कार्यक्रमकाबीच प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका हुन् ।

एक सय बेड सहितको कोरोना विशेष अस्पतालमा ७ वटा भेन्टिलेटर सहितको बेड रहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी गराए ।

अहिलेलाई ओपीडी सेवा, आइसोलेसनको व्यवस्था र आईसीयू सेवा दिने गरी विशेष अस्पताल संचालनमा ल्याएकोे अस्पतालले जनाएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढदै गएको हुनाले कोरोना अस्पतालमा बढि जोड दिएको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी गराए ।

‘एसी, सिसि क्यामरा, भेन्टिलेटर, बाथरुमको राम्रो व्यवस्थाका साथ कोरोना विशेष अस्पताल संचालनमा ल्याएका छौं’, उनले भने । गम्भीर प्रकृतिका विरामीलाई उपचार गर्न सहज तरिकाले कोरोना विशेष अस्पतालको व्यवस्था गरिएको उनले बताए ।

बाँकेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई विशेष कोरोना अस्पतालको रुपमा लिइएको छ । बाँकेमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ४ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई