९ माघ २०८१, बुधबार | January 22, 2025

नेपालगन्जमा ‘भेरी कोरोना विशेष अस्पताल’ उद्घाटन



नेपालगन्ज । बाँकेको नेपालगन्जमा भेरी कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ ।

एसी, सिसि क्यामरा र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको आज बिहीबार उद्घाटन भएको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीहरुका लागि निर्माण गरिएको भेरी कोरोना विशेष अस्पताल एक कार्यक्रमकाबीच प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका हुन् ।

एक सय बेड सहितको कोरोना विशेष अस्पतालमा ७ वटा भेन्टिलेटर सहितको बेड रहेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी गराए ।

अहिलेलाई ओपीडी सेवा, आइसोलेसनको व्यवस्था र आईसीयू सेवा दिने गरी विशेष अस्पताल संचालनमा ल्याएकोे अस्पतालले जनाएको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या बढदै गएको हुनाले कोरोना अस्पतालमा बढि जोड दिएको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी गराए ।

‘एसी, सिसि क्यामरा, भेन्टिलेटर, बाथरुमको राम्रो व्यवस्थाका साथ कोरोना विशेष अस्पताल संचालनमा ल्याएका छौं’, उनले भने । गम्भीर प्रकृतिका विरामीलाई उपचार गर्न सहज तरिकाले कोरोना विशेष अस्पतालको व्यवस्था गरिएको उनले बताए ।

बाँकेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई विशेष कोरोना अस्पतालको रुपमा लिइएको छ । बाँकेमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ४ : ०८ बजे

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान

टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको

चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज

खानेपानी संस्थाहरु करमुक्त गर्न माग

काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले