१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रदेश १ सरकारबाट स्थानीय पालिकालाई एक करोड उपलब्ध



विराटनगर । प्रदेश नं १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका लागि स्थानीय पालिकालाई थप एक करोड १० लाख उपलब्ध गराएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो ।

मोरङ्गका सुनवर्षी र रतुवामाई नगरपालिकालाई रु १०÷१० लाख तथा धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई रु पाँचपाँच लाखका दरले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई रु १० लाख तथा गौरीगञ्ज र कमल गाउँपालिकालाई रु पाँचपाँच लाख प्रदेश सरकारले पठाएको छ ।

यसैगरी इलाम अस्पताललाई रु १० लाख, उदयपुर अस्पताललाई रु १५ लाख र झुम्का कारागारलाई रु १० लाख पठाइएको छ ।

सुनसरी जिल्लाका क्वारेन्टिन, आइसोलेशन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई रु १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई रु १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।

स्थानीय पालिकाको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । कोभिड महामारी पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश १ मा ८६ सङ्क्रमित थप
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ८६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २३ महिला र ६३ पुरुष छन् ।

प्रदेशमा हालसम्म चार हजार ४९८ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । आज पाँच जनासहित प्रदेशमा एक हजार ९५३ जना कारोनाबाट मुक्त भइसकेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ५११ जनासहित हालसम्ममा एक लाख चार हजार ८४४ जनाको पिसिआर परीक्षण भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ५ : ०२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्