२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रदेश १ सरकारबाट स्थानीय पालिकालाई एक करोड उपलब्ध



विराटनगर । प्रदेश नं १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका लागि स्थानीय पालिकालाई थप एक करोड १० लाख उपलब्ध गराएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो ।

मोरङ्गका सुनवर्षी र रतुवामाई नगरपालिकालाई रु १०÷१० लाख तथा धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई रु पाँचपाँच लाखका दरले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई रु १० लाख तथा गौरीगञ्ज र कमल गाउँपालिकालाई रु पाँचपाँच लाख प्रदेश सरकारले पठाएको छ ।

यसैगरी इलाम अस्पताललाई रु १० लाख, उदयपुर अस्पताललाई रु १५ लाख र झुम्का कारागारलाई रु १० लाख पठाइएको छ ।

सुनसरी जिल्लाका क्वारेन्टिन, आइसोलेशन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई रु १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई रु १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।

स्थानीय पालिकाको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । कोभिड महामारी पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश १ मा ८६ सङ्क्रमित थप
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ८६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २३ महिला र ६३ पुरुष छन् ।

प्रदेशमा हालसम्म चार हजार ४९८ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । आज पाँच जनासहित प्रदेशमा एक हजार ९५३ जना कारोनाबाट मुक्त भइसकेका छन् ।

प्रदेशमा पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ५११ जनासहित हालसम्ममा एक लाख चार हजार ८४४ जनाको पिसिआर परीक्षण भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ५ : ०२ बजे

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी