२४ बैशाख २०८१, सोमबार | May 6, 2024

दाङमा प्रसूति सेवा लिने बढ्दै



दाङ । कोरोना सङ्क्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् ।

बन्दाबन्दीले अन्य बर्थिङ सेन्टर बन्द भएको छ । जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा. किरण पोखरेलले जानकारी दिए ।

“बन्दाबन्दीमा सेवा लिन प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता भएकोले सङ्ख्या बढेको हो”, उनले भने । अस्पतालमा गत वर्ष दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले सामान्य प्रकारको प्रसूति सेवा लिने गरेको बताइएको छ ।

“अस्पतालमा सेवा लिने अन्य बिरामी कम भएपनि प्रसूतिलाई आउने बढ्दै छन्”, डा. पोखरेलले भने । सो सेला लिनेमध्ये शल्यक्रिया गराउने धेरै छन् ।

अस्पतालमा दाङसहित रूकुम, रोल्पा, सल्यान, प्यूठान लगायतका जिल्लाबाट सेवा लिन आउँछन् । प्रसूति सेवा लिने बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख पोखरेलले जानकारी दिए ।

अस्पतालमा ३७ नर्सिङ कर्मचारी छन् । “कोरोनाको जोखिम बढिरहेको समयमा जनशक्ति कम हुँदा समस्या आउन सक्छ तर अहिलेसम्म अस्पतालमा रहेको जनशक्तिले धानेकै छ”, उनले भने । जोखिम बढिरहेको समयमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन नसके पनि सेवा दिइरहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सर्वेश शर्माले अस्पतालमा सुरक्षा सामग्रीको अभाव हुन नदिने बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ३ : २२ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु