१ चैत्र २०८२, आइतबार | March 15, 2026

फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन माग



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएकी हुन् ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ ।

सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो ।

उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो नीति विपरीत रहेको बताइन।

“अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट्याक्ट ट्रेसिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जान सक्छ”, उनले भनिन ।

ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रजिअ दाहालले माहामारीका समयमा सो पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताइन ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ५ : ५२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र