२७ श्रावण २०८३, बुधबार | August 12, 2026

प्रेस काउन्सिल र चिकित्सक सङ्घबीच सहकार्य हुने



काठमाडौ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक सङ्घबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ ।

प्रेस काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र सङ्घका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा बद्री रिजालले आज १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य लगायत विभिन्न विषयमा कलम चलाइरहेका सञ्चारकर्मीलाई विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण ,दक्ष प्रशिक्षक उत्पादन, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।

सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आचारसंहिता उल्लंघनका उजुरीमा द्रुत विधिबाट कारवाहि हुँदै आएको जानकारी दिए।

सङ्घका अध्यक्ष डा कार्कीले पत्रकारिता पेशालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर छोटो तथा लामो अवधिको तालिम प्रदान गर्न दुई सस्थाका बीच सहकार्य भएको बताए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ८ : ०८ बजे

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ