१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकी प्रदेशमा संक्रमितको संख्या दुई हजार ८ सय २० पुग्यो



गण्डकी । गण्डकी प्रदेशमा कारोना सङक्रमितको सङ्ख्या दुई हजार ८ सय २० पुगेको छ ।

पछिल्लो विवरण अनुसार प्रदेशमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

विवरण अनुसार थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) आठ , गोरखामा पाँच , कास्की र तनहुँमा एक/एक जना छन् ।

प्रदेशमा हालसम्म ५५ हजार ६५४ जनाको पिसिआर नमूना परीक्षण गरिएको थियो । तीमध्ये ५२ हजार ८३४ जनामा कोरोना सङ्क्रमण नदेखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको सङ्ख्या ९४९ जना र उपचारपछि एक हजार ८४९ जना निको भएका छन् । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : १८ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको