१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चामल खरिदमा चलखेल गर्न कर्मचारीकै सरुवा



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।

कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका छन् ।

आफ्नो इसारामा काम नगर्ने कर्मचारीलाई कार्यालयबाट हटाएर आफ्नो इसारामा काम गर्ने कर्मचारी ल्याउन थालिएको छ । यस कार्यको चाँजोपाँजो कम्पनीका नायब महाप्रबन्धक मोतीराज ज्ञवालीले गर्ने गरेको कम्पनीका एक अधिकारीले बताए ।

कम्पनीका अनुसार महाप्रबन्धक ज्ञवालीले चामल खरिद गर्दा सेटिङ मिलाउनकै लागि केही दिनअघि मात्रै शभु रेग्मीलाई सोलुखुम्बुको शाखा कार्यालयबाट लहानको मुख्य शाखा कार्यालयमा सरुवा गरेका छन् । लहानको मुख्य शाखा कार्यालयमा कार्यरत गंगाप्रसाद साहलाई जनकपुर कार्यालयमा सरुवा गरिएको छ ।

जनकपुरमा कम्पनीको आफ्नै मिल छ । त्यहाँ अहिले कुनै खरिद कारोबार नहुँदा शाहलाई जनकपुरमा पठाएर लहानमा चामल खरिद प्रक्रिया सुरु भएकाले कमिसन सेटिङका लागि रेग्मीलाई लहानको मुख्य शाखा कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ ।

लहानमा अहिले कम्पनीले ७ करोड २७ लाख १३ हजार रुपैयाँ लगानीमा १४ हजार ५ सय क्विन्टल चामल खरिद गरिसकेको छ । हाल लहानमा ९ हजार ५ सय क्विन्टल सानो मन्सुली चामल र ५ हजार क्विन्टल स्टिम जिरा मसिनो चामल खरिद प्रक्रिया जारी छ ।

खाद्य कम्पनीले वार्षिक कार्यक्रमअनुसार धानचामल खरिद गर्दा कर्मचारीकै मिलेमतोमा कम्पनीलाई घाटामा पारी व्यापारीसँग कमिसन खाँदै आएको कर्मचारीकै आरोप छ । धानचामल खरिद गर्ने क्रममा कमिसन खान कम्पनीकै खाद्य प्राविधिकलाई नै दबाबमा पारेर चामल खरिद गर्दा कमिसनको खेल हुने गरेको छ ।

खाद्य प्राविधिकलाई कमसल चामल समेत गुणोस्तरयुक्त बनाई सिफारिस गर्न लगाएर व्यापारीसँग मिलेर कर्मचारीले वषौँदेखि कमिसन खाँदै आएको स्रोतको दाबी छ । कम्पनीमा १३ जना खाद्य प्राविधिक छन् । जसमध्ये अधिकांश प्राविधिकलाई कम्पनीका महाप्रबन्धक ज्ञवालीलगायत केही कर्मचारीले आफ्नो अनुकूलमा काम गर्न लगाउने गरेका छन् ।

धानचामल खरिद गर्दा खाद्य प्राविधिकले धानचामलको गुणस्तर चेकजाँच गरेको रिपोर्टअनुसार खाद्यान्न खरिद गर्नुपर्ने हुन्छ । अधिकांश प्राविधिकले परीक्षणको नाममा औपचारिकता मात्रै निर्वाह गर्ने गरेको बताइएको छ । मापदण्डविपरीत काम गर्न नमानेकै कारण बाग्मती प्रादेशिक कार्यालय थापाथलीमा कार्यरत खाद्य प्राविधिक सन्जु रानीलाई सरुवा गरिएको कम्पनी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार खाद्य प्राविधिक सन्जु रानीको ठाउँमा कम्पनीको प्रधान कार्यालयअन्तर्गत गुणस्तर नियन्त्रण इकाइमा कार्यरत खाद्य प्राविधिक अधिकृत करिष्मा डंगोललाई ल्याइएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ४८ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह