४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना



काठमाडौं । आज पनि देशका केही स्थानमा भारी वर्षाका साथै चट्याङ पर्ने सम्भावना रहेको मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-१, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै राति प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र प्रदेश-४ का एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने छ । भोलि पनि प्रदेश-१, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनरोध गरेका छन् ।

हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । साथै पश्चिम बंगाल नजिक न्यून चापिय क्षेत्रको पनि विकास भएको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ७ : ०५ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,