२१ भदौ २०८३, आइतबार | September 6, 2026

संसदीय उपसमितिद्वारा कोरोना अस्पतालको अनुगमन



काठमाडौं । सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ ।

संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो ।

उक्त उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेसन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाईको बारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना सङ्क्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताए ।

उनले कोरोना उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत धन्यवाद दिए ।

चन्द्रागिरीमा शुक्रबारसम्म २२७ जना कोरोना सङ्क्रमित भेटिएकामा ८८ जना डिस्चार्ज भएर घर गईसकेका छन् ।

यस्तै, ५२ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र ८५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा सुदा महर्जनले बताइन।

चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण दुईजनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १० : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका