१६ चैत्र २०८२, सोमबार | March 31, 2026

बृहत्तर लुम्बिनी बिकास क्षेत्रलाई बिश्वकै शान्ति शहर बनाउने सरकारको तयारी : पर्यटन मन्त्री भट्टराई



लुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनी बिकास क्षेत्रलाई बिश्वकै नमूना शान्ति शहर बनाउन सरकारले तयारी गरेको बताएका छन ।

बिश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण गत चैत्र ११ देखि बन्द रहेका लुम्बिनीका बिभिन्न बौद्धबिहारहरुको पहिलो पटक अवलोकन गर्दै मन्त्री भट्टराईले लुम्बिनीलाई संसारभरिकै शान्तिप्रिय नागरिकहरुको आस्था केन्द्रको रुपमा बिकास गर्ने गरि सरकारले तयारी गरिरहेको जानकारी दिए ।

एक अर्को प्रसंगमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी बिकास कोषको गुरु योजना अन्तर्गतको बाँकी रहेको ३५ प्रतिशत गुरुयोजना साढे २ वर्षमा सम्पन्न हुने दाबी गरे ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी) ले लकडाउनको अवधीमा पनि सामाजिक दूरीको पालना गर्दै अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र ,मायादेबी मन्दिर जाने ५ नं. गेटको मूल ब्रेकलेन निर्माण कार्य अन्तिम चरणमा पुगेको लुम्बिनी बिकास कोषको अध्यक्ष समेत रहेका मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

पर्यटनमन्त्री भट्टराईले मायादेबी मन्दिर, रोयलथाई बिहार तथा अन्र्तराष्ट्रिय सम्मेलनकेन्द्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ९ : ४६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित