११ भदौ २०८३, बिहिबार | August 27, 2026

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा



नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको होटल कल्पतरुले आफ्नो स्थापनाको १०औं बार्षिकोत्सब मनाएको छ । आज एक कार्यक्रमका बिबिध कार्यक्रम गरेर होटलले स्थापनाको १०औं बार्षिकोत्सब मनाएको हो ।

उदघाटन कार्यक्रमको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले दीप प्रज्वलन गर्दै उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उनले होटल कल्पतरुले नेपालगन्जमा छुट्टै पहिचान दिन सकेको बताए । उनले नेपालगन्जमा पर्यटक रोकिनेगरि थप सेवा दिन आवश्यक रहेको उल्लेख गर्दै होटलको थप सफलताको शुभकामना दिए । होटलका अध्यक्ष दिपु बैश्यको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम लगायतले शुभकामना दिँदै आगामी दिनमा सेवाको गुणस्तर बृद्धि गर्दै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा योगदान दिन सुझाब दिए ।

कार्यक्रममा होटलका अध्यक्ष बैश्यले होटलको सेवालाई अझ गुणस्तरीय बनाइने प्रतिबद्धता ब्यक्त गर्दै आगामी वर्षको मध्यसम्ममा कर्ढााली प्रदेशको सुर्खेतमा पाँच तारे होटल संचालन गर्नेगरि तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२८ सम्ममा सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि तारे होटल खोल्ने योजना रहेको बताए ।

होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले नेपालगन्जबाट बाँके र यस आसपासको पर्यटकीय स्थलहरुको प्रचार एवं प्रवद्र्धनका लागि होटलले विशेष योजना संचालन गर्दै आएको जानकारी दिए । उनले नेपालगन्जबाट पायक पर्ने पर्यटकीय गन्तब्यसम्म पुग्ने वातावरण सृजना गर्ने र नेपालगन्जमा पर्यटक बस्ने समय लम्ब्याउने होटल सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

होटलकी मानव संशाधन विभाग प्रमुख शिवानी गुप्ताले भावी योजनाका बारेमा जानकारी दिएकी थिइन् । सहभागी अतिथि र सञ्चारकर्मीहरुकाबीच होटल संचालकहरुले केक काटेर वार्षिकोत्सवलाई उत्सवमय बनाएका थिए । चारतारे मापदण्डको होटल कल्पतरुले वार्षिकोत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आज बिहान सडक सरसफाई कार्यक्रम संचालन गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : १२ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक