४ श्रावण २०८३, सोमबार | July 20, 2026

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’



चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै पर्याप्त रूपमा यसको उपयोग गर्न नसकिएको बताए । उनले भारतमा गत वर्ष आयोजना भएको महाकुम्भको उदाहरण दिँदै नारायणी, देवघाटजस्ता क्षेत्रमा पनि सो प्रकारका पर्यटक ल्याउन सकिनेमा जोड दिए । “हामीले उपलब्ध स्रोतसाधनको पनि उपयोग गर्न सकेका छैनौँ, सुनको कचौरामा मागिरहेका छौँ”, उनले भने ।

कुनै पनि व्यवसायीले पर्यटनमा लगानी गर्दा त्यो व्यक्तिको मात्र नभई समग्र समुदायका लागि हुने भएकाले सोअनुसारको मानसिकता विकास गर्न जरुरी भएको उनको भनाइ थियो । पर्यटनले प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष रूपमा रोजगारी सृजना गर्नेदेखि समग्र अर्थतन्त्र चलायमान बनाउनका लागि सहयोग गर्ने बताए ।

त्यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले भरतपुर प्रमुख पर्यटकीय गन्तव्य भएको बताए । उनले भने, “देशभरा २७ वटा पाँचतारे होटल छन्, त्यसमध्ये चितवनमा मात्र छवटा छन्, पर्यटनमा राम्रो सम्भावना भएकाले पनि पर्यटकीय पूर्वाधारमा लगानी पनि बढेको छ ।”

उनले भरतपुरमा रहेको पर्यटनको सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्नका लागि ‘कनेक्टिभिटी’ महत्त्वपूर्ण भएको बताए । “भरतपुर भूगोलका हिसाबले मध्यभागमा छ, यहाँस्थित चितवन राष्ट्रिय निकुञ्जमा मात्र पाँच सय ४६ भन्दा बढी प्रजातिका चराचुरुङ्गी छन्, थारूको संस्कृति, जङ्गल सफारी, बोट सफारी गर्दा अचम्मको शान्ति प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाका हिसाबले पनि यो गन्तव्य बनेको छ ।”

पर्यटनविज्ञ डा विश्व सुवेदीले चितवनलाई पर्यावरणमैत्री पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले र लुम्बिनीलाई सांस्कृतिक पर्यटन, पोखरालाई पदयात्रा पर्यटन र चितवनलाई वाइल्ड लाइफ सफारी पर्यटनका रूपमा विकास गरी जोड्न आवश्यक भएको बताए । यसका लागि पोखरा महानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका र भरतपुर महानगरपालिकाबीच सहकार्य गर्न लागिएको पनि बताए ।

साथै भरतपुर नगरपालिकाले यहाँ रहेका सातवटा ताललाई समेटेर लेकसाइड नयाँ सर्किट बनाउन लागेको उनको भनाइ छ । साथै भरतपुरको पर्यटकीय गतिविधि बढाउनका लागि सोहीअनुसारका गतिविधि पनि बढाउन लागेको उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : ५६ बजे

पहिरोले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत