१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

काठमाडौंमा तोकेका बाहेक पसल खुले, नमाने फेरि लकडाउन, सचेत हुन आग्रह



काठमाडौं । सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने बताए ।

सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्रजिअ दाहालले स्पष्ट पारे । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ ।

आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्रजिअ दाहालले जानकारी दिए । सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उनको आग्रह छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताउँछन् । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही गर्न अध्यक्ष कटुवालको प्रतिक्रिया छ ।

हामीले सरकारको आदेशको स्वागत गरेका छौ सरकारको नियम, निती विपरित काम नगरेको दावी गर्दछन् । आदेश विपरीत व्यवसाय खोल्नेलाई सरकारले अनुगमन गरेर कारवाही गर्न व्यसायी कटुवाल बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा शेरबहादुर पुन जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी रहेको बताउँछन् । कोरोनालाई सामान्य रुपमा नलिन समेत उनको आग्रह छ ।

सधै भरी मान्छेलाई थुनेर राखेर पनि समस्याको समाधान नहुने भएकोले आम नागरिक नै कोरोनाबाट कसरी बच्ने भनेर सचेत हुन अहिले आवश्यक रहेको डा पुन बताउँछन् । व्यापार व्यवसाय संगै कोरोना संक्रमणबाट बच्ने उपाय पनि अपनाउनु पर्नेमा उनको जोड छ ।

समुदाय नै कोरोना लाग्नबाट बच्न सकिन्छ भनेर चलाख हुन पर्नेमा डा पुन बताउँछन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ३४ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’