५ श्रावण २०८३, मंगलबार | July 22, 2026

काठमाडौंमा तोकेका बाहेक पसल खुले, नमाने फेरि लकडाउन, सचेत हुन आग्रह



काठमाडौं । सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने बताए ।

सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्रजिअ दाहालले स्पष्ट पारे । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उनको सुझाव छ ।

आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्रजिअ दाहालले जानकारी दिए । सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उनको आग्रह छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताउँछन् । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही गर्न अध्यक्ष कटुवालको प्रतिक्रिया छ ।

हामीले सरकारको आदेशको स्वागत गरेका छौ सरकारको नियम, निती विपरित काम नगरेको दावी गर्दछन् । आदेश विपरीत व्यवसाय खोल्नेलाई सरकारले अनुगमन गरेर कारवाही गर्न व्यसायी कटुवाल बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा शेरबहादुर पुन जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी रहेको बताउँछन् । कोरोनालाई सामान्य रुपमा नलिन समेत उनको आग्रह छ ।

सधै भरी मान्छेलाई थुनेर राखेर पनि समस्याको समाधान नहुने भएकोले आम नागरिक नै कोरोनाबाट कसरी बच्ने भनेर सचेत हुन अहिले आवश्यक रहेको डा पुन बताउँछन् । व्यापार व्यवसाय संगै कोरोना संक्रमणबाट बच्ने उपाय पनि अपनाउनु पर्नेमा उनको जोड छ ।

समुदाय नै कोरोना लाग्नबाट बच्न सकिन्छ भनेर चलाख हुन पर्नेमा डा पुन बताउँछन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ७ : ३४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं