११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कुलमान घिसिङ भन्छन ‘मैले काम मात्र गरेको हुँ’



काठमाडौं । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो ।

त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो ।

नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन ।

कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बने । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र खस्केको साखका बीच प्राधिकरण भित्रैबाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाए ।

त्यो नियुुक्ति प्राधिकरणको अवनतिलाई उन्नतिमा रूपान्तरण गर्ने योजनाको सुुरुवात थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको पूर्ण समर्थन रह्यो । सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै आइतबारबाट बिदा भए ।

आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उनले गोरखापत्रसँग भने, ‘संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइनस उसको इच्छा शक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिमले सफलता दिलाउने हो । मैले काम मात्र गरेको हुँ ।’ उनले सविस्तार भने, ‘सम्माननीय प्रधानमन्त्री र सरकारका अन्य नेतृत्वको निर्देशन एवं मार्गदर्शन र ऊर्जामन्त्री तथा मन्त्रालयको योजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धि हासिल भएका हुन् ।’ आफूसँगै रहेका कार्मचारीको योगदान पनि उत्तिकै सराहनीय रहँदै आएको घिसिङको बुझाइ छ ।

‘उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी बनाउन प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै उपलब्धि हासिल गर्न सम्भव थिएन’, उनले भने ।

प्राधिकरणको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनले भन्छ, ‘सो वर्ष खुद नाफा १२‍.३६ प्रतिशतले बढेर ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । सञ्चित नोक्सानी शून्य मात्र होइन नाफामा रूपान्तरण भएको छ ।’ घिसिङ नेतृत्वमा आउनुपहिले प्राधिकरणलाई बर्सेनि ऋण दिनुपर्ने र तिर्न नसकेपछि मिनाहा गर्नुपर्ने बाध्यता थियो । सरकारले त्यो बेला २७ अर्ब ५३ करोड रुपियाँ ऋण अपलेखन (राइटअप) गर्दा पनि ३४ अर्ब सञ्चित नोक्सानीकै अवस्थामा प्राधिकरण थियो ।

नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेल भन्छन् । ‘प्राधिकरणको छवि र नाफा विस्तार, कर्मचारीसँगको सम्बन्ध तथा जनताको विद्युत् प्राप्तिको अधिकार पूरा गर्ने नेतृत्व प्राधिकरणले पाएकै हो ।’

उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ७ : ५५ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै