२४ बैशाख २०८१, सोमबार | May 7, 2024

विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा तेस्रो हुने टिया आचार्य एनआरएनए युकेद्वारा सम्मानित



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डन निवासी टिया आचार्य लण्डनमा सम्मानित भएकी छन् ।

आचार्यलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आइतबार आयोजना गरेको एक कार्यक्रममा प्रशंसापत्रसहित सम्मान गरेको हो । आचार्यले ४० हजार रुपैयाँ नगद समेत हात पारेकी छन् । सो प्रतियोगितामा २९ देशका ६१ प्रतियोगी थिए ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आयोजना गरेको बाल चित्रकला प्रतियोगिताको नजिता सार्वजनिक गरिएको छ । सो प्रतियोगितामा प्रशंसा घिमिरे प्रथम भएकी छन् ।

आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा र सहभागी बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ सार्वजनिक गरिएको छ ।

प्रतियोगिता अन्तर्गत माध्यमिक तहमा प्रथम स्थान चितवनकी प्रशंसा घिमिरेले जितिन भने दोश्रो स्थान सुरक्षा खरेल, तृतीय वसन्त कँडेल र चौंथो स्थान सुरज खरेलले प्राप्त गरे ।

त्यसैगरी, प्राथमिक तहमा पहिलो स्थान प्राची न्यौपानेले प्राप्त गरेकी छन् भने दोश्रो अनुष्का मानन्धर, तेश्रो रक्षा आचार्य र चौंथो स्वीकृति आचार्य भए ।

प्रतियोगितामा ४६ जना बालबालिकाले सहभागिता जनाएका थिए । इभा सापकोटाले निर्णायकहरुका तर्फबाट सान्त्वना पुरस्कार पाएकी छन् ।

प्राप्त चित्रहरुको सही मुल्यांकन गर्न समिति गठन गरिएको थियो । समितिमा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणदत्त कँडेल, सिता खरेल (उपसंयोजक), अर्क तिमिल्सिना, एलबिजेड गुरुङ, बाल साहित्यकार विनोद न्यौपाने, कलाकार रुरु लम्साल, कृष्ण देवकोटा, शकुन्तला गुरुङ गरि ८ जना संलग्न थिए । समितिमा अर्क तिमिल्सिना, रुरु लम्साल र विनोद न्यौपानेले चित्रकलाको मुल्यांकन गरेका थिए ।

एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेल, उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष शकुन्तला गुरुङ, आइसीसी सदस्य अर्कराज तिमिल्सिना लगायतले ति बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ विमोचन समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक तिमल्सेनाले एनआरएनए यूकेको यस प्रतियोगिता सरहानीय भएको बताए । उनले विजेतालाई बधाइ दिंदै यस्ता रचनात्मक कार्यक्रम निरन्तर गर्न पनि सुझाए ।

एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले कार्यक्रम सन्चालन गर्दै लकडाउनका कारण विद्यालय बन्द भएर घरमै रोकिन वाध्य यूकेका बालबालिकालाई रचनात्मक कार्यमा सहभागी गराउन प्रतियोगिता आयोजना गरिएको जनाए ।

बाल दिवसमा भव्य कार्यक्रम गरि नतिजा सार्वजनिक तथा पुरस्कृत गर्ने योजना भएपनि बेलायत सरकारको लकडाउनका कारण पत्रकारहरुमार्फत संक्षिप्त कार्यक्रम गरिएको भट्टराईले बताए । नयाँ पुस्तालाई एनआरएनए यूकेतर्फ आकर्षित गर्नु पनि प्रतियोगिताको मुख्य उद्देश्य थियो ।

मन्तव्यका क्रममा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कँडेलले एनआरएनले भोलिको पुस्ताका लागि थोरै काम गरेका बेला चित्रकला अवधारणा परिकल्पना गरिएको जनाए । कँडेलका अनुसार, दुईवटा चित्र माग गरि त्यसमध्ये एउटा नेपालको झण्डा र अर्को कुनै रचनात्मक कार्य झल्कने चित्र बनाउन भनिएको थियो ।

उनले मुल्यांकन प्रक्रियाबारे अवगत गराउँदै सहभागी बालबालिकाको चित्र प्रदर्शन गरेका थिए । प्राप्त चित्रकलाहरु कसले कोरेको हो नाम समावेश नगरि समितिलाई पठाइएकाले मुल्यांकन निष्पक्ष भएको कंडेलले प्रष्टयाए ।

कार्यक्रममा आइसीसी सदस्य अर्कराज तिमिल्सिनाले चित्रकला प्रतियोगिता एनआरएनए यूके इतिहासमा सबैभन्दा रचनात्मक कार्यक्रम भएको बताए भने उपाध्यक्ष प्रेमगाहामगरले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा युरोप उपसंयोजक तिमल्सेना, एनआरएनए यूके सहकोषाध्यक्ष शकुन्तला गुरुङ, सदस्यहरु सरस्वती केसी, धनबहादुर सार्की, एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदका उपाध्यक्ष एलबिजेड गुरुङ लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ३२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,