२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जडिबुटी सङ्कलन गर्न जुम्लीवासी पाटनतिर



जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लागेका छन् ।

हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनलाई यसपाली कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले उनी पाटनतिर लागेका हुन् ।

रावत केही युवाको समूह लिएर जडिबुटी सङ्कलनमा जुटेका छन् । “आम्दानीको कुनै स्रोत छैन”, उनले भने, “परिवारकोे गुजरा चलाउन हम्मेहम्मे भइरहेको छ ।” लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन । त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ ।

रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडिबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् ।

तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टिममा जडिबुटी सङ्कलन गर्न हिँडेका छन् । उनले दुई दिनको पैदल यात्रापछि पाटनमा पुगिने बताए । एक दिनमा सेतोचिनी सङ्कलनबाट न्यूनतम एक हजारसम्म आम्दानी गर्न सकिने उनीहरु बताउँछन् ।

सेतो चिनी सुकाएको प्रतिकिलो ५०० रुपैयाँ र काँचो प्रतिकिलो २५ रुपैयाँमा बिक्री हुन्छ । एक दिनमा एक जनाले एक क्विन्टलसम्म कोर्न सक्ने ती युवाको अनुभव छ । सेतोचिनी कोर्न भने धेरै दुःख हुने उनीहरू बताउँछन् ।

जडिबुटी सङ्कलनका लागि आवश्यक खाद्यान्न, नून, तेल, भाँडाकुँडा र लत्ताकपडा बोकेर जानुपर्छ । स्थानीयव एक युवा भन्छन्, “सबै बोकेर लिनुपर्छ, दाउरा र पानी पनि टाढाबाट बोक्नुपर्छ । अचानक बिरामी हुँदा समस्या हुन्छ । पाटनमा चट्याङको डर पनि उत्तिकै हुन्छ । ” ज्यानको बाजी थापेर खर्च जुटाउन भए पनि पाटनतिर जान बाध्य भएको ती युवाले सुनाए ।

तातोपानी–७ सर्मीका प्रेम कुँवर पनि दशैँ खर्च जुटाउनका लागि एक महिना पाटनमै बस्ने योजनामा छन् । अव्यवस्थित ढङ्गले सेतोचिनी सङ्कलन हुँदै जाँदा अहिले नजिक नजिक पाउन छाडेको उनले बताए । उनका अनुसार यसको बीउ नपाक्दै सङ्कलन गर्नाले लोप हुने खतरा बढेको छ । कार्तिकदेखि मङ्सिरसम्म राख्ने हो भने यसको बीउ पाक्छ तर आज भोलि नै सङ्कलन गर्ने प्रतिस्पर्धा चलिरहेको उनले बताए ।

जुम्लामा अत्यधिक दोहन र चोरी निकासीका कारण लेकाली वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी लोप हुन थालेको छ । अवैध चोरी निकासीका कारण पर्याप्तमात्रामा पाइने सेतोचिनी, धुपी, पाँचऔँले, सतुवा, पदमचाललगायतका थुप्रै जडिबुटी पछिल्लो समय लोप हुँदै गएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  १२ : ५५ बजे

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय