१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

१० किलो अफिम सहित २ जना बाँके प्रहरीबाट पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाँउपालिकाको कुसुमबाट अफिम सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीलाई प्राप्त गोप्य सुचनाका आधारमा दाङबाट कुसुम हुंदै नेपालगन्ज ल्याईंदै गरेको सो परिमाणको अफिम सहित रुकुम (पुर्व) पुथा उत्तरगंगा वडा नं. ८ वस्ने धन बहादर सेन र दाङ घोराही उप-महानगरपालिका वडा नं. १९ वस्ने वसन्त घर्ति मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पदरुपमा हिंडिरहेका उनीहरुको खानतलासी गर्दा नर्थफेस लेखिएको झोलाबाट १० पोकामा प्याकिङ गरिएको अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले बताए ।

पक्राउ परेका दुईजनालाई लागु औषध ऐन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  २ : २२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण