१६ बैशाख २०८३, बुधबार | April 29, 2026

तीस केजी अफिम र १३ लाख नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई सुर्खेतबाट सार्वजनिक

पत्रकार सहकारी अनलाईन टिभी पत्रकार संघबाट निस्कासित



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ ।

बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई आज सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका–५ जाजरकोटका २२ वर्षीयन दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिका–७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

त्यसैगरी, पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत बस्ने ३८ वर्षीय प्रेमबहादुर विक र नरहरिनाथ गाउँपालिका–४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर शाही (सहकारी)समेत रहेको उनले बताए ।

प्रहरी उपरीक्षक शाहीका अनुसार उनीहरूबाट सुर्खेत प्रहरीले रु १३ लाख नक्कली नोट र करिब रु ९० लाख बराबरको अफिम बरामद भएको छ । त्यससँगै क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि–बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एकरएक थान फेला पारी बरामद गरिएको उनले जनाए ।

पक्राउ परेकामाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक शाहीले प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाले करिब रु दुई लाख सक्कली नोटसँग नक्कली नोट साटिसकेकाले लेनदेन गर्दा सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

उनका अनुसार अफिम खरिदका लागि ती नक्कली नोटहरू प्रायः सुर्खेत, जाजरकोटका व्यापारीलाई दिएको आरोपितले बताएका छन् । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषध नियन्त्रणको अभियानलाई आक्रमक बनाउँदै लगेको छ ।

पत्रकार सहकारी अनलाईन टिभी पत्रकार संघबाट निस्कासित
जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका कार्यालयका सञ्चालक कालिकोट नरहरिनाथ गाउँपालिका–९ घर भएका ३४ वर्षीय मन बहादुर शाही सहकारीलाई अनलाइन टिभी पत्रकार संघ नेपालले निस्कासन गरेको छ उनी संघको लुम्बिनी प्रदेशका सहसचिव पनि हुन् । उनलाई संघले कारवाही गर्दै सदस्यताबाट निष्काशन गरेको संघकी प्रदेश अध्यक्ष साबित्री गिरीद्वा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ३० बजे

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न

ठेक्काको विवरण हेरफेर प्रकरण : आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ

काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच

अध्यादेश फिर्ता गर्न सरकारलाई नेपाल बारको आग्रह

काठमाडौं । आह्वान भइसकेको संघीय संसदको अधिवेशन स्थगित गराएर सरकारले

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस