२१ भदौ २०८३, आइतबार | September 6, 2026

जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्चको अंकुश



काठमाडौं । कृषियोग्य जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्यन गर्न सर्वोच्च अदालतले अल्पकालीन रोक लगाएको छ ।

अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीस सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको फुकुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्च अदातलले असोज ८ गते सरकार र रिट निवेदक दुबै पक्षलाई छलफलमा बोलाएपछि अन्तरिम थप आदेश दिन पर्ने या नपर्नेबारे फैसला गर्नेछ ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयले गत भदौ १८ गते मन्त्रीस्तरीय निर्णय गर्दै कित्ताकाटको फुकुवा गरेको थियो ।

तर, सरकारले नै २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णय गर्दै कृषियोग्य जमिनको कित्ताकाट गर्न रोक लगाएको थियो । प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो ।

रिट निवेदकहरुले अहिले खुलाएको कित्ताकाटले कृषियोग्य भुमि घडेरीमा परिवर्तन हुने जग्गाको खण्डीकरण खतरा रहेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : ११ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका