१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

फेसबुकको बाटोमा सगुन



हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरबर्ग र उनका साथीले विकास गरेको फेसबुक सन् २००४ मा सो विश्वविद्यालयका केही विद्यार्थी माझ सीमित थियो । सुरुमा फेसबुक विद्यार्थीको फोटोसहितको डाइरेक्टरीको रुपमा आएको हो । त्यतिबेला फेसबुक बलियो बनाउन एक हजार डलर जुटाउन जुकरबर्गले निकै मेहनत गरेका थिए।

सन् २००५ फेसबुक विस्तारको इतिहासमा कोशेढुंगा रह्यो । अमेरिकी भेन्चर क्यापिटल फर्म एसेलले १२.७ मिलियन डलर र त्यो बाहेक लगानीकर्ता जीम बेरीको १ मिलियन डलर लगानीपछि फेसबुक १० लाख प्रयोगकर्ताका साथ अहिलेको अवस्थाका लागि प्रस्थान गरेयो । यसपछि मात्र फेसबुक स्कूल भर्सन ल्याउन सफल भएको हो । माइक्रोसफ्ट र एप्पलका कर्मचारी आकर्षित गर्ने हैसियतमा पुगेको हो ।

लेखक

बिल गेट्सको माइक्रोसफ्टले सन् २००७ अक्टोबर २४ मा फेसबुकको १ दशमलव ६ प्रतिशत सेयर खरिद गर्दै २४० मिलियन डलर हालेपछि फेसबुक प्राविधिक रुपमा थप अब्बल, अझ प्रयोगकर्ता मैत्री हुनसक्यो । प्रयोगकर्ता संख्या ९० करोड बढी पुगेपछि सन् २०१२ मार्चमा फेसबुकले सार्वजनिक कम्पनी बन्ने घोषणा गर्दै आइपिओ जारी गर्यो ।

अहिले ९८ विलियन डलरसहित विश्वका तेस्रो धनी रहेका मार्क जुकरवर्गले त्यो बेला सामना गरेका झन्झट, कठिनाई र संघर्षको कथा कम रोमाञ्चक छैन। त्यतिबेला उनले लगानीकर्ता ढुक्क बनाउने, गोपनियता, कम्पनीको प्रतिष्ठाबारे डटेर जवाफ दिनु परेको थियो । टेलिभिजन पर्सनालिटी तथा आर्थिक विश्लेषक जीम कार्मरले सार्वजनिक रुपमै भनेका थिए, ‘फेसबुकमा लगानी गर्नु सबैभन्दा खराब निर्णय हो।’

अहिले मिनी आइपीओ खुला गरी सामाजिक सञ्जाल सगुन एउटा विशाल कम्पनीको रुपमा दरिने तर्खरमा छ। अमेरिकाको भर्जिनियास्थित मुख्यालय रहेको सगुनले सामना गरिरहेका चुनौती भने ८ वर्ष अगाडि फेसबुकले सामना गरेजस्तै छन्। कम्पनी प्रतिष्ठा, आर्थिक अवस्था र कानुनी प्रक्रियाबारे लगानीकर्तालाई ढुक्क बनाउने हकमा पनि ।

पाँच वर्षदेखि सञ्चालनमा रहेको सामाजिक सञ्जाल सगुनसँग यतिबेला विश्वभरिबाट ८० लाख बढी सक्रिय प्रयोगकर्ता छन् । प्रयोगकर्ताहरु अमेरिका, नेपाल, युरोप बाहेक १ अर्ब १० करोड जनसंख्या भएको भारतमा समेत छन्।

फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम, लिंकडिनका बहुसंख्यक प्रयोगकर्ता रहेको भारतमा ठूलो सम्भावना देखिएपछि सगुनले भारतमा कार्यालय स्थापना गरेको छ। स्थानीय सन्दर्भलाई ध्यानमा राख्दै रणनीति बनाउने र कार्यान्वयनको कामलाई तीब्रता दिइरहेछ ।

 

सगुनमा लगानी किन ?

सन् २०१५ मा सञ्चालनमा आएको सगुनले वितेका ५ वर्षसम्म प्राविधिक र बजार विस्तारको अनुभव लिएको छ । यी पाँच वर्षमा प्रवासी नेपाली संस्थापक रहेको यो सामाजिक सञ्जालले विश्वभरिका मानिसको मन पनि जितेको छ । सगुनका लाखौं प्रयोगकर्ताले यसको प्रयोगबाट आनन्द लिइरहेका छन् ।

कम्पनी सहसंस्थापक तथा सीईओ गोविन्द गिरी भन्छन्, ‘वितेका पाँच वर्ष सगुनका लागि निकै चुनौतीपूर्ण रहे । विशेषगरी भिजनलाई रुपान्तरण गर्ने कामका लागि । त्यसैको प्रतिफल हो आज सगुनसँग विश्वका सबै कुनाका लाखौं मानिस जोडिएका छन्।’ सगुन एप पछिल्लो समय प्रयोगकर्ताले दैनिक २३ पटकसम्म खोल्छन्। लगभग दैनिक एक घन्टा ४४ मिनेट समय बिताउँछन् । ‘यो निकै उत्साहप्रद हो र यसले हामीलाई भविष्यप्रति थप हौसला बढाइदिएको छ’, सीईओ गिरी भन्छन् ।

यति आक्रमक ढंगले अघि बढिरहेको सगुनले अहिले आफ्नो विस्तारका लागि लगानी बढाउन आह्वान गरिरहेछ । ‘यतिबेला सगुन विकास र विस्तारका लागि लगानी गर्नुपर्ने अवस्थामा छ । लगानी बढाउने यो अवसरमा सामेल हुन म तपाईंहरुलाई आमन्त्रित गर्छु’, गिरीले भने ।

सगुनले मिनी आइपीओमा सहभागी हुन सेप्टेम्बर महिनाको ३० तारिखसम्मको समय सीमा तोकेको छ ।

८ वर्षअघि धेरै प्रश्न सामना गरे पनि फेसबुक १०४ बिलियन डलरभन्दा बढीको कम्पनी बन्न सफल भएको थियो । बजार पूँजीकरणमा यो टेक्नोलोजी इतिहासकै सबैभन्दा ठूलो रकम थियो । ट्विटर, ह्वाट्सएप, स्नापच्याट, लिंकडिन यही विधिबाट विश्वभर सञ्जाल फैलिन सक्ने बिलियन डलरका कम्पनी बनेका हुन् ।

अहिले मिनी आइपीओको रुपमा लगानी गर्न लागेका लगानीकर्ताको मनमा लागेको हुन सक्छः के सगुन एक दिन यसरी नै लाखौं प्रयोगकर्ताबीच लोकप्रिय हुँदै सार्वजनिक कम्पनीको हैसियत बनाउन सक्छ ?

अमेरिकी टेक्नोलोजी कम्पनीहरुको इतिहासले देखाउँछ, निश्चय नै बन्न सक्छ । फेसबुक, ट्विटर, लिंकडिनको अहिलेको प्रगति एकै पटक ह्वात्त भएको होइन । उनीहरुले यसका फरक समयमा भिजन, लगानी र प्रविधिको उपयोग फरक ढंगले गरेका थिए । सन्दर्भअनुसार फरक—फरक किसिमले लगानी पनि बढाउँदै लगेका थिए । र अहिले सगुन हिँडिरहेको बाटो पनि यही नै हो ।

– लन्डनमा बसोबास गर्ने लेखक सगुनका युरोप संयोजक हुन् 

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ८ : ४३ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को